बाँके\कृषि विकास बैंकमा जागिरको खुलेको छ। बैंकले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।
खुला तथा समावेशीतर्फ बैंकले चौंथोदेखि आठौं तहसम्मका पदमा स्थायी नियुक्तिका लागि १५२ जनाको आवेदन आह्वान गरेको छ।प्रशासन र प्राविधिकतर्फ बैंकले कर्मचारी मागेको हो। बैंकले आन्तरिक बढुवाका लागि पनि सूचना प्रकाशित गरेको छ।
शाखा प्रमुख ५ जना, व्यवसाय अधिकृत ४७ जना, कम्प्युटर अधिकृत १७ जना, इन्जिनियर सभिलतर्फ ३ जना, कर्जा अधिकृत १२ जना, व्यवसाय सहायक २३ जना, कानून सहायक ३ जना, ऋण सहायक ५ जना र लेखापाल ३४ जना गरी कूल १५२ जनाको माग भएको छ।