बाँके\न्याय परिषद् सचिवालयले २१ जना जिल्ला न्यायाधीशका लागि आवेदन माग गरेको
छ । सोमवार सूचना प्रकाशित गर्दै न्यायाधीशका लागि आवेदन माग गरेको हो ।
सूचना प्रकाशित मितिले ७ दिन भित्र स्वयं उपस्थित भई वा विद्युतीय माध्यममार्फत् न्याय परिषद् सचिवालयमा आवेदन दिन सकिने न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।