बाँके\जनमतका आधारमा नेपाल कम्युनिषष्ट पार्टी (एमाले) पहिलो शक्ति स्थापित भएको स्थायी कमिटी सदस्य भानुभक्त ढकालकाे भनाइ छ । स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको सिटसंख्याका आधार कम देखिए पनि एमालेले प्राप्त गरेको देशभरकाे समग्र लाेकपृय भाेटमा एमाले ठूलो पार्टी रहेको सबै प्रकार शक्ति केन्द्रले स्वीकार गरेकाे उनले बताए । ढकालले अहिले जनतासँग एमाले छ भने गठबन्धन अरू अरू भरमा रहेको बताए । नेकपा एमाले बाँके जिल्ला संगठन विभागले आज नेपालगन्जमा आयाेजना गरेको एक दिने संगठन संचालन कार्यशाला गाेष्ठी ढकालले साे कुरा बताउनु भएको हाे । एमाले र यसकाे नेतृत्वलाई सिध्याउनका लागि देशबिदेशमा रहेका सबै शक्ति एक हुँदा पनि हामी पहिलो शक्ति हुनु हाम्रो नेतृत्व, राजनीतिक एजेन्डा र क्रियाशील जुझारु कार्यकर्ताकाे प्रमुख भुमिका छ ढकालले भने ।
अहिले नेकपा एमाले सबै विषयमा एकढिक्का रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार एमालेमा नीतिगत मतभिन्नता छैन, संगठनात्मक सुदृढ छ र नेतृत्वमा एकता छ । समाज रूपान्तरणका लागि लागेका हामी एमालेका कार्यकर्ता, पहिलो आफुमा समाज सुहाउँदो र समाजमा पाच्य हुने काम गर्नु पर्ने उनले बताए । याे समाज परिवर्तन गर्ने जिम्मा एमालेकाे हाे । हामी बाहेकका अन्य शक्ति केवल निहित स्वार्थका लागि जनता जाने गरेका छन् । हामी नागरिक हितका लागि मात्रै स्वार्थ राखेर काम गर्ने हाे चुनावी परिणाम जस्तोसुकै प्राप्त भएपनि हामी नागरिकका सवालमा जहिले पनि लागि रहने नै सच्चा एमाले भएको उनको धारणा थियो ।
माधव नेपाल प्रति कठ्ठै वर भन्ने ठाउँ नरहेको नेता ढकालको भनाइ थियो । हाे आन्दोलनमाबाट पर रहेका साथीहरू ल्याउन लाग्न आफ्ना नेता कार्यकर्ता सुझाव समेत दिएका थिए । माधव र प्रचण्डकाे सास अहिले पनि एमालेले नै हाे । काँग्रेसले लखेट्ने हाे कि भन्ने डरले अहिले पनि उनीहरू काँग्रेसलाई घुर्क्याउन एमालेमा मिल्ने कुरा गरेरै उनीहरू आफ्नो सासफेरी रहेका छन् । नेता ढकालले एमालेले आफ्ना भाेटमात्रै संरक्षण गर्ने हाे भने हामी प्रदेश र संघीय निर्वाचनमा श्रेष्ठता प्राप्त गर्ने उल्लेख गरे । नेता ढकालले नेकपा एमाले बाँकेले प्रमुख र उपप्रमुख मात्रै नजितेकाे हाे तर जनताको दाेस्राे प्राप्त गरेको छ यसलाई संरक्षण गर्नुपर्ने सुझाव थियो ।