६ पुष २०८१, शनिबार

रुपन्देहीमा तीन बालबालिकाको डुबेर मृत्यु
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा मंगलबार मात्रै तीन जना बालबालिकाको पानीमा डुबेर मृत्यु भएको छ।

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-५ पिपरहवा बस्ने फलउदिन ईनरियाकी छोरी पाँच वर्षीया मुस्कान खातुन र सोही ठाउँ बस्ने मोहागुल्लाह ईनरियाकी छोरी ३ वर्षीया जयनम ईनरियाको पानीमा डुबेर मृत्यु भएको हो।

उनीहरू खेल्ने क्रममा घरबाट १ सय ५० मिटर टाढा रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै रुपन्देहीकै  समरीमाई गाउँपालिका-५ दुबेथुमिवा बस्ने रोहित चाईकी छोरी ३ वर्षीया सिर्जना चाई सोही ठाउँ स्थित तिनाउ नदीमा मृत अवस्थामा फेला परेकी छन्।

बुबाआमा खेतमा गएको बेला उनको नदीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको प्रहरीको भनाइ छ।

  • २९ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech