१६ असार २०८२, सोमबार

पुष्पा भुसाल : दोस्रो प्रयासमा उपसभामुख
  • न्युज मानसराेवर

बाँके\नेपाली कांग्रेसका सांसद पुष्पा भुसाल प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छन् । उनी दोस्रो प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन् । २०७४ सालको चुनावबाट सांसद भएलगत्तै भुसाल उपसभामुखको निर्वाचनमा उम्मेदवार बनेकी थिइन् ।

२ चैत २०७४ मा भएको उपसभामुखको निर्वाचनमा उनी तत्कालीन वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी नेकपा एमालेकी शिवमाया तुम्बाहाम्फेसँग पराजित भइन । त्यसबेला तुम्बाहाम्फे २०१ मत प्राप्त गरी विजयी हुँदा भुसालले ५८ मत पाएकी थिइन् ।तर, शुक्रबारसम्म आइपुग्दा नेपालको राजनीतिक दलहरुको अवस्था, दलीय समिकरण र सरकार फेरियो ।

भुसाल उपसभामुमा १४८ मत ल्याएर विजयी हुँदा एमालेका तर्फबाट उपसभामुखको उम्मेदवार रहेकी विद्या भट्टराईले ९३ मत प्राप्त गरिन् ।

  • ३१ असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech