२७ आश्विन २०८१, आईतवार

टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माण
  • न्युज मानसराेवर

दाङ\ दाङको तुलसीपुर उपमहानगरपालिकामा रहेको टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माण गरिएको छ।

भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। डिपोका लागि ट्यांकी र बाउजरसमेत आइपुगेको विमानस्थल कार्यालयले जनाएको छ। गत वर्ष साउनदेखि इन्धन डिपो निर्माणको काम सुरु भएको थियो।

विमानस्थलमा ३० हजार लिटर इन्धन अट्ने क्षमताको ट्यांकी निर्माण गरिएको छ। डिपो एक करोड ५० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको हो।  भौतिक पूर्वाधार निर्माणको पूरा भएपछि प्राविधिक जाँच हुनेछ। त्यसपछि मात्रै डिपो सञ्चालनमा आउने विमानस्थल कार्यालयले जनाएको छ।  इन्धन डिपो नहुँदा विमानले काठमाडौँबाटै इन्धन बोकेर ल्याउनुपर्ने अवस्था थियो।

टरिगाउँ विमानस्थलमा अहिले शुक्रबार र शनिबारबाहेक अन्य दिन नियमित उडान हुने गरेको छ।  विमानस्थल ७५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको छ। जसमा १९ सिट क्षमतासम्मका जहाजको उडान हुँदै आएको छ।

  • ६ श्रावण २०७९, शुक्रबार प्रकाशित

  • Nabintech