२५ जेष्ठ २०८२, शनिबार

वर्षा अझै नरोकिने, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
  • न्युज मानसराेवर

बाँके\केही दिनदेखि देशभर निरन्तर वर्षा भइरहेको छ। अहिले पनि लुम्बिनी, गण्डकी र प्रदेश १ का केही भूभागमा वर्षा जारी छ। देशका अन्य भूभागमा समेत आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आगामी तीन दिन (साउन १०)सम्म देशभर वर्षाको सम्भावना छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर रहेकाले देशभरको मौसममा आंशिक तथा सामान्य बदली भएको हो।

आइतबार राति प्रदेश १ का केही ठाउँमा भारी वर्षाको सम्भावना छ। यस्तै सोमवार राति प्रदेश १ र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महशाखाको भनाइ छ।

मंगलवार दिउँसो भने प्रदेश १ र लुम्बिनी प्रदेशका तराई भूभागमा भारी वर्षाको सम्भावना छ।

महाशाखाले वर्षा जारी रहेकाले देशका पहाडी क्षेत्रमा भू-क्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको भन्दै सचेत रहन आग्रह गरेको छ।

साथै नदी, नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन, यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले सतर्क रहन पनि महाशाखाले अनुरोध गरेको छ।

  • ८ श्रावण २०७९, आईतवार प्रकाशित

  • Nabintech