बाँके\ साताको पहिलो दिन स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ५०० रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कायम भएको छ । गत शुक्रवार सुनको मूल्य ९४ हजार रूपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । यो दिन चाँदी प्रतितोला १० रूपैयाँले घटेर १ हजार १५५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार १६५ रूपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा पनि यो दिन सुनको मूल्य भने बढेको छ । यो दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७२७ दशमलव ४४ डलर पुगेको छ । यो दिन डलरको मूल्य स्थिर रहेको छ । आज १ अमेरिकी डलरको विक्रीदर १२८.०८ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन १ अमेरिकी डलर विक्रीदर १२८.०८ रूपैयाँ रहेको थियो ।