२९ असार २०८२, आईतवार

बाँकेमा बालबालिकालाई खोपको दोस्रो मात्रा लगाउन शुरु
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा मंगलवारदेखि ५ देखि ११ वर्षसम्म उमेर समूहका बालबालिकालाई फाइजर खोपको दोस्रो मात्रा लगाउन शुरु गरिएको छ ।

गएको असार ९ गतेबाट १२ गतेसम्म खोपको पहिलो मात्रा लगाएका बालबालिकाहरुलाई आजदेखि फाइजरको दोस्रो मात्रा लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।बाँकेमा ७६ हजार बढी बालबालिकालाई खोपको दोस्रोमात्रा लगाइने स्वास्थ्य कार्यालयका खोप फोकलपर्सन श्रेष्ठले जानकारी दिए ।

नेपालगञ्ज, जानकी, बैजनाथ, डुडुवा, राप्तीसोनारी र नरैनापुरमा कोरोना विरुद्धको दोस्रो डोज खोप लगाउन शुरु गरिएको छ । खजुरा र कोहलपुर नगरपालिकामा भने अर्को चरणमा खोप लगाइने छ ।

  • १० श्रावण २०७९, मंगलवार प्रकाशित

  • Nabintech