१६ असार २०८२, सोमबार

प्रदीप गिरी अस्पताल भर्ना
  • न्युज मानसराेवर

बाँके\ नेपाली कांग्रेसका नेता प्रदिप गिरी ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका छन्। अहिले उनमा सोडियमको कमी देखिएको छ। उनको घाँटीमा क्यान्सर भएको कारण खाना सर्कन सक्ने हुँदा केही समय चिकित्सकको  निगरानीमा राख्नुपर्ने गिरी निकट स्रोतले जनाएको छ।

को हुन् गिरी?

नेपाली कांग्रेसका प्रखर वक्ता तथा दार्शनिक नेताका रुपमा परिचित गिरी लामो समय भारतमा उपचार गराएर नेपाल फर्केका हुन्। ६८ वर्षीय गिरी कांग्रेस राजनीतिसँगै देश र विदेशमा समाजवादी चिन्तक र बौद्धिक नेताका रूपमा चिनिन्छन्।

गिरी २०५१ को आम निर्वाचनमा सिराहाको क्षेत्र नम्बर ५ बाट प्रधिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उनी पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक सभासद भए।

राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष समेत गरी हालसम्म कुल चार वर्ष गिरीले जेल जीवन भोगेका छन्। उनी २०२४ सालमा नेपाल छात्र संघ (बनारस)को निर्वाचित उपाध्यक्ष थिए। उनी हाल सिराहबाट निर्वाचित सांसद हुन्।

सिराहा क्षेत्र नम्बर १ बाट गिरीले २३,९५१ मत प्राप्त गरेर विजयी बनेका थिए। उनले प्रतिस्पर्धी एमालेका गंगाप्रसाद यादवलाई २,५८० मतको अन्तरले पराजित गरे। यादवले २१,३७१ मत पाएका छन्।

  • ११ श्रावण २०७९, बुधबार प्रकाशित

  • Nabintech