२७ आश्विन २०८१, आईतवार

बाँकेमा १० जना कोरोना संक्रमित थपिए
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ८ र जमुनाह नाकामा २ गरी १० जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये ६ जना बाँकेका हुन् भने ४ जना जिल्ला बाहिरका हुन् । सोमवार संक्रमण पुष्टि भएकासँगै बाँकेमा कोरोनाका कूल संक्रमितको संख्या २१ हजार १७६ पुगेको छ ।

तिमध्ये २० हजार ७८० जना निको भइसकेका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या ४३ रहेको छ । उनीहरु सबै होमआइसोलेशनमा स्वास्थ्य लाभ गरिरहेको पनि फोकलपर्सन वलीले बताए ।

  • १६ श्रावण २०७९, सोमबार प्रकाशित

  • Nabintech