बाँके\ शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । अघिल्लो दिनको तुलनामा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, तेजाबी सुन ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६०० रुपैयाँ कायम गरिएको थियो । शुक्रवार चाँदीको मूल्य पनि वृद्धि भएको छ । बिहीवार प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रवार १० रुपैयाँ वृद्धि गरी १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।