२७ श्रावण २०७९, शुक्रबार

शुक्रवार बाँकेमा ११ जना कोरोना संक्रमित थपिए
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ११ जनाको परीक्षण गर्दा १० र जमुनाहा नाकामा एन्टिजेन परीक्षणबाट १ गरी ११ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये ४ जना बाँकेका हुन् भने ७ जना जिल्ला बाहिरका हुन् । शुक्रवार संक्रमण पुष्टि भएकासँगै बाँकेमा कोरोनाका कूल संक्रमितको संख्या २१ हजार १९६ पुगेको छ । तिमध्ये २० हजार ७९८ जना निको भइसकेका छन् ।

जिल्लामा सक्रिय संक्रमितको संख्या ४५ रहेको छ । उनीहरु सबै होमआइसोलनमा स्वास्थ्य लाभ गरिरहेको फोकलपर्सन वलीले बताए ।

  • २० श्रावण २०७९, शुक्रबार प्रकाशित

  • Nabintech