२७ आश्विन २०८१, आईतवार

सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक बस्दै
  • न्युज मानसराेवर

काठमाडौँ\ सत्तारुढ गठबन्धनभित्र आउँदो निर्वाचनका लागि सिट बाँडफाँडको खाका तयार पार्न गठित कार्यदलको बैठक बस्ने भएको छ। बैठक सोमबार दिउँसो ३ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरि बोलाइएको छ।

मंसिर ४ गतेलाई तय प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि साउन मसान्तभित्र सिट बाँडफाँडको खाकासहित सुझाव दिन गठित कार्यदलको पहिलो बैठक बस्न लागेको हो। बैठकमा गठबन्धनको आधार र मापदण्डको विषयमा छलफल हुनेछ।

गत शुक्रबार गठबन्धनको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट जनार्दन शर्मा र वर्षमान पुन, एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्। कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको छ।

  • २३ श्रावण २०७९, सोमबार प्रकाशित

  • Nabintech