८ बैशाख २०८२, सोमबार

बाँकेको बाल सुधार गृहमा अभिमुखीकरण
  • न्युज मानसराेवर

बाँके\ बाँकेको जयइन्दु बाल सुधार गृहमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । जग्गादाता जयकेश सिंह र जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डेले सुधार गृहमा रहेका करिब ५० जना बालकलाई सकारात्मक सोंच, औपचारिक शिक्षा तथा लोकसेवा, शिक्षक सेवा, सुरक्षा सेवाको पठन तथा लेखन कलाका बारेमा अभिमुखीकरण गरेका हुन् । हुलाकका प्रमुख पाण्डेले त्यहाँ बालकहरुका लागि सुधार गृहको पुस्तकालय व्यवस्थापन, बालबालिकाको औपचारिक तथा सीप विकासका कामलाई निरन्तरता दिने जानकारी दिए ।

  • २६ श्रावण २०७९, बिहीबार प्रकाशित

  • Nabintech