१५ चैत्र २०८०, बिहीबार

पछिल्लो २४ घण्टामा ७८१ जना नयाँ संक्रमित थप, २ जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके\पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमबाट २ जनाको मृत्यु भएको छ । शुक्रवार २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७८१ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयले कूल ४ हजार ७ सय १२ नमूना परीक्षण गर्दा उक्त संख्यामा नयाँ संक्रमित थप भएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार २ हजार २ सय ९० नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय १९ र २ हजार ४ सय २२ नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ७५ पुगेको छ ।

संक्रिय संक्रमितमध्ये ५ हजार ५ सय ६५ जना होम आइसोलसनमा, २ सय १० जना संस्थागत आइसोलेसन, ६३ जना आईसीयू र ८ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । त्यसैगरी विगत २४ घण्टामा ५ सय ११ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

  • २७ श्रावण २०७९, शुक्रबार प्रकाशित

  • Nabintech