१२ बैशाख २०८१, बुधबार

ओली भेट्न बालकोट पुगिन् रेखा थापा
  • न्युज मानसराेवर

बाँके\नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अभिनेत्री एवं राप्रपा केन्द्रीय सदस्य रेखा थापा बालकोट पुगेकी छन्।ओली निवास बालकोटमा बुधबार भएको भेटमा राप्रपा महामन्त्री कुन्ती शाही पनि उपस्थित थिइन्। भेटमा ओलीसँग समसामयिक राजनीति विषयमा छलफल भएको थापाले बताएकी छन्।उनले राजनीतिमा छोरीहरूको अवस्थाबारे पनि छलफल भएको बताएकी छन्।मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गर्न सक्ने सम्भावनाको पृष्ठभूमिमा ओलीसँग रेखा र कुन्तीले भेट गरेका छन्।

  • २७ श्रावण २०७९, शुक्रबार प्रकाशित

  • Nabintech