बुटवल\ जनता समाज पार्टीबाट विभाजित डा. बाबुराम भट्टराई नेतृत्वमा बनेको नेपाल समाजवादी पार्टी लुम्बिनी प्रदेश कमिटीको भेलाले उमाशंकर यादवको अध्यक्षतामा १५१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।
कमिटीमा उपाध्यक्षमात्रै आठ जना राखिएका छन् । जसअनुसार रहिश साह, नारायण नागिला, मञ्जु चौधरी, धनेश्वरी चौधरी, हरि घर्ती, राजकुमार चौधरी र एचआर शर्मालाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ । एकजना उपाध्यक्ष पछि राखिने नेसपा लुम्बिनीले जनाएको छ ।
कमिटीको मुख्यसचिवमा हिक्मत बिक, तीन सचिवमा राजेन्द्र जिसी तथा २ रिक्त राखिएको छ । कोषाध्यक्षमा यमुना थापा चुनिएकी छन् ।बैठकमा पार्टीका केन्द्रीय उपाध्यक्ष दानबहादुर चौधरी, प्रदेश इन्चार्ज कमल खनाल, केन्द्रीय कार्यकारी सदस्यहरु वकिल मुसलमान, चिनक कुर्मी, सुरेन्द्र पट्टेललगायतले आफ्नो धारणा राखेको केन्द्रीय कार्यकारिणी सदस्य यज्ञ पोखरेलले जानकारी दिए ।