२६ जेष्ठ २०८२, आईतवार

नागरिकता विधेयक दोस्रो पटक पारित
  • न्युज मानसराेवर

काठमाडौँ\ राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ।

बिहीबार भएको मत विभाजनमा यसअघि भएको व्यवस्थामा कुनै पनि परिवर्तन नगरी जस्ताको तस्तै पारित भएको हो।

नागरिकता विधेयकमा प्रस्तावलाई जस्ताको तस्तै पारित गर्ने पक्षमा १३५ मत परेको थियो। त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका थिए।

दोस्रो पटक विधेयक पारित भएपछि प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिलाई पठाइनेछ। यसरी दोस्रो पटक पनि पारित भएर पठाएको विधेयक राष्ट्रपतिले फिर्ता पठाउन सक्ने व्यवस्था छैन।

  • २ भाद्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech