१२ बैशाख २०८१, बुधबार

चार प्रदेशमा वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके\ हाल गण्डकी र लुम्बिनीमा वर्षा भइरहेको छ। दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक/दुई स्थानमा भने भारी हुनसक्ने देखिएको छ। शनिबार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको समेत सम्भावना रहेको छ। आइतबार देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ।

  • ३ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech