१५ चैत्र २०८०, बिहीबार

कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर
  • न्युज मानसराेवर

बाँके\ नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। एक महिनादेखि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई बिहीबारदेखि नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी)मा राखिएको छ।

गिरि अवस्था गम्भीर रहेको अस्पतालले जानकारी दिएको छ। उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए। भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका उनी स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो साता मेडिसिटीमा भर्ना भएका थिए।

गिरिलाई भेटेर फर्किएका कांग्रेस नेता विमलेन्द्र निधिले ट्विट गर्दै गिरिको स्वास्थ्य लाभको कामना गरेका छन्।  गिरिको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाली काङ्ग्रेस वैचारिक अभियानको आयोजनामा नेपाल सांंस्कृतिक संघले शुक्रबार प्रार्थना सभासमेत आयोजना गरेको थियो।

 

  • ३ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech