बाँके\ नेपालगञ्जमा शनिवार करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ का करिब ४० वर्षीय बाबु परसुराम कलवार र २५ वर्षीय छोरा बब्लु कलवारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिएका छन् ।
छोरा बब्लुलाई अटो रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेपछि बचाउन खोज्दा बाबु परसुरामलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएपछि उनीहरूलाई नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा बाबु र छोराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए ।