१७ असार २०८२, मंगलवार

माओवादीमा देव गुरुङ महासचिव
  • न्युज मानसराेवर

काठमाडौँ\ नेकपा माओवादी केन्द्रको शनिबार बसेको स्थायी समिति बैठकले पार्टी महासचिवमा देव गुरुङलाई चयन गरेको छ। बैठकले २१ सदस्यीय पदाधिकारी नाम टुंगो लगाएको हो।

सबैभन्दा बढी चासो रहेको महासचिवमा गुरुङ सर्वसम्मत चयन भएका हुन्। यसअघि उक्त पदमा वर्षमान पुन र जनार्दन शर्माको दाबी रहे पनि दुवै जना उपमहासचिव बनेका छन्।

माओवादीले २१ जनाको पदाधिकारीमा एक जना अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव, ७ उपमहासचिव, ९ सचिव र एक जना कोषाध्यक्ष बनाएको छ। गत पुसमै महाधिवेशन गरे पनि माओवादीलाई पदाधिकारी चयनमा हम्मे परेको थियो।

  • ४ भाद्र २०७९, शनिबार प्रकाशित

  • Nabintech