बाँके\नेपालगन्ज विमानस्थलबाट काठमाडौं लैजान थालेको लागूऔषध ब्राउनसुगरसहित युवक पक्राउ परेका छन् ।विशेष सूचनाका आधारमा शनिबार बाँके प्रहरीले विमानस्थलबाट कोहलपुर नगरपालिका –११ का २५ वर्षीय रोहन शाहलाई यात्रु आराम कक्षमा शंकास्पद रुपमा फेला पारेपछि पक्राउ गरेका हुन् ।६४ ग्राम ७ सय ५० मिलिग्राम ब्राउन सुगर सहित शाह लाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।