२६ आश्विन २०८१, शनिबार

प्रदीप गिरिको अत्येष्टि
  • न्युज मानसराेवर

काठमाडौँ– समाजवादी चिन्तक प्रदीप गिरिको अन्त्योष्टि समारोहमा विभिन्न राजनीतिक पार्टीका नेता, कार्यकर्ता, विभन्न संघ-संस्थामा आबद्ध व्यक्ति तथा शुभचिन्तकहरूले उनको पार्थिव शरीरमाथि श्रद्धाञ्जली अर्पण गरेका छन्। सत्तारुढ नेपाली कांग्रेसका सांसदसमेत रहेका गिरि समाजवादका प्रखर वक्ता र चिन्तकका रूपमा चिनिएका छन्। गिरिको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्योष्टि गरिएको छ। अन्तयेष्टिअघि आर्यघाटमा उनको पार्थिव शरीरमाथि श्रद्धाञ्जली अर्पण गर्नेको बाक्लो भीड लागेको थियो।

झन्डै एक वर्षअघि भारतमा घाँटीको क्यान्सरको उपचार गराएर स्वदेश फर्किएलगत्तै निमोनिया देखिएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा शनिबार राति उनको निधन भएको हो।

  • ५ भाद्र २०७९, आईतवार प्रकाशित

  • Nabintech