बाँके\प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभाको बैठक एक साताको लागि स्थगित भएको छ ।
स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको कारण देखाउँदै एमालेले बैठक नराख्न आग्रह गरेको हो । सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहमा बैठक १३ गतेसम्मको लागि स्थगित भएको जानकारी दिए । एमाले स्थायी कमिटीको बैठक मंगलवार बस्दैछ ।
यस्तै ९ गते पोलिटब्युरो तथा १० र ११ गते केन्द्रीय कमिटी बैठक बैठक बस्दैछ ।मंगलवारको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन विधेयक) २०७९ पेश भएपछि सभामुखले भदौ १३ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।