९ मंसिर २०८१, आईतवार

बैजनाथ ३ मा अवस्थित ने रा मा वि ले सम्पन्न गर्यो तीज नृत्य प्रतियोगिता
  • न्युज मानसराेवर

बैजनाथ\ बैजनाथ गाउँपालिका वडा न ३ स्थित श्री ने.रा.मा विले विद्यालय स्तरीय हरितालिका तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न गरेको छ।
विद्यालय स्तरीय हरितालिका तीज विशेष नृत्य प्रतियोगितामा आफ्नो धारणा राख्दै बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायाले तिजको महत्व मनोरञ्जन मात्र नभएर सद्भाव मिलन र परम्परा रहेको बताइन।

उनले सबैमा शुभकामना समेत व्यक्त गरेकी थिइन। कार्यक्रममा वडा अध्यक्ष निखिल बैगार कार्यापालिका सदस्य ,स्थानीय राजनितिक दलका प्रतिनिधि समाजसेवी विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो ।

  प्रतियोगितामा कूल १२ वटा समुहहरुले भाग लिएका थिए । प्रतियोगिताको प्रथम प्रतिभा थारुको समुह भएको छ थारुको समुहले कूल ९२.३३ प्रतिशत अंक ल्याएको थियो । त्यसै गरी द्धितीय आकृति विक भइन। उनले ८९ प्रतिशत अंक प्राप्त गरिने भने तृतिय मिना परियार ८३ प्रतिशत अंक प्राप्त गरेकी थिईन। त्यसै गरी चौथो आयुष्मा मगरको समुह भएको छन। उनीहरुको क्रल ८३ अंक प्राप्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरजलाल थारुको अध्यक्षताम कार्यक्रम संचालन गरिएको थियो भने कार्यक्रमको स्वागत मतव्य विद्यालयका प्र.अ चन्द्रकान्त न्यौपाने र  कटक बहादुर चन्दले गरेका थिए ।

  • १० भाद्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech