२७ जेष्ठ २०८२, सोमबार

एमालेले तोक्यो पाँच मापदण्ड
  • न्युज मानसराेवर

काठमाडौ /नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि २२ भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । शनिबार बसेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभाका लागि सम्बन्धित प्रतिनिधिसभा क्षेत्र समन्वय कमिटी र प्रदेशका लागि सम्बन्धित प्रदेश सभा क्षेत्र समन्वय कमिटीबाट उम्मेदवारको सिफारिस गर्न निर्देशन गरेको हो ।

क्षेत्रीय कमिटीहरूले गरेको सिफारिसमा आवश्यक भए जिल्ला र प्रदेशले रायसहित सिफारिस गर्न निर्देशन गरिएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार त्यसरी सिफारिस गर्दा एक महिलासहित ३ महिलाको नाम सिफारिस गर्नुपर्नेछ ।

उम्मेदवार चयनको मापदण्ड

– पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्ध

लोकप्रियता र विजयको सुनिश्चितता

– पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान

– सन्तुलन र समावेशिता

– निर्वाचन कानुनबमोजिमको योग्यता भएको हुनुपर्ने ।

  • ११ भाद्र २०७९, शनिबार प्रकाशित

  • Nabintech