७ पुष २०८१, आईतवार

विपन्न महिलालाई नगरपालिकाको चुरा पोते उपहार
  • न्युज मानसराेवर

कोहलपुर\नेपाली हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा कोहलपुर नगरपालिकाले विपन्न महिलाहरुलाई चुरा पोते उपहार प्रदान गरेको छ । तीजको अवसरमा आर्थिक रुपमा विपन्न महिलाहरुलाई नगरपालिकाले निःशुल्क चुरा पोते उपहार प्रदान  हो ।

कोहलपुर नगरपालिका नगर कार्यापालिकाको कार्यालयद्धारा आयोजित हरितालिका तीज मिलनको कार्यक्रम आयोजना गरेर नगर क्षेत्रका विपन्न, एकल महिला, अपांगता भएका महिला तथा द्धन्द्धपीडित महिलाहरुलाई चुरा पोते उपहार प्रदान गरिएको नगरपालिकाले जनाएको छ । उपप्रमुख संगीता सुवेदीले तीजको अवसरमा नगरपालिकाका १५ वटै वडाका महिलाहरुलाई सहयोग गरिएको बताइन् ।

उनका अनुसार प्रत्येक वडामा पाँच जना महिलाका दरले चुरो पोते  उपहार प्रदान  गरिएको हो ।

नगरपालिकाका कूल ७५ जना महिलालाई तीजको अवसरमा सहयोग गरिएको हो । उक्त अवसरमा बोल्दै उपप्रमुख सुवेदीले तीजको अवसरमा सम्पूर्ण महिलाहरु मिलेर रमाइलो गर्नको लागि कार्यक्रम आयोजना गरिएको बताइन् ।

उनका अनुसार नगरपालिकाले तीजको अवसरमा एक दिन भएपनि सबै जना मिलेर रमाइलो गर्नको लागि कार्यक्रम आयोजना गरिएको हो । उक्त अवसरमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले तीज महिलाहरुको लागि विशेष पर्व रहेको बताइन् ।

उनले तीजलाई भड्किलो रुपमा मनाउनु भन्दा सभ्य रुपमा मनाउनुपर्नेमा जोड दिइन् । यस्तै कोहलपुर नगरपालिकाकी निवर्तमान उपप्रमुख सञ्जुकुमारी चौधरीले नगरपालिकाको आयोजनामा भएको कार्यक्रम सकारात्मक भएको बताइन् । उनले सम्पूर्ण महिलाहरु मिलेर नगर विकासमा अग्रसर हुनुपर्ने समेत बताइन् । उक्त कार्यक्रम कोहलपुर नगरपालिका क्षेत्रका महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

  • १२ भाद्र २०७९, आईतवार प्रकाशित

  • Nabintech