२७ जेष्ठ २०८२, सोमबार

शुरु गरे मेयर आचार्यले अतिक्रिमित तथा अवयवस्थित संरचना हटाउन
  • न्युज मानसराेवर

बाँके। कोहलपुर नगरपालिकाले अतिक्रमित संरचनाहरु भत्काएको छ । कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्यले  कोहलपुरलाई  सुन्दरता बनाउने उदेश्य लक्ष्य  सरकार जनप्रतिनिधिको मात्र नभएर समग्र कोहलपुरका आम जनताको रहेको बताए ।

कोहलपुरको  सुन्दरता  संरक्षण गर्नाको लागि अदालत नै जानु पर्ने बाध्यता आइपर्यो मेयर आचार्य भने ।

उनले राजनितिक सहमति कहिले भएन अब कोहलपुरको विकासको बाधक रुपमा नै यी संरचनाहरु देखिन्छन ।  सम्माननीय अदालतले समेत कोहलपुर नगर विकासको पक्षमा आदेश जारी गरेर दिएको छ ।

अब यहाँहरु सबैले सहयोग गर्नु हुन्छ भन्ने अपेक्षा लिएका छौँ  आचार्यले  भने । कोहलपुर नगर विकासको जमिन अतिक्रमित गरेर व्यापार गर्दै आएको न्यूरोड कोहलपुर खाजा घर बाट अभियानको शुरुवात गरिएको छ ।

अतिक्रमित तथा अव्यवस्थित रुपमा व्यापार संचालन गर्दै आइरहेका संरचना हटाउन बाग्लो उपस्थितिमा प्रहरी परिचालन गरिएको छ ।

अभियान बसपार्क क्षेत्रमा बनेका संरचनाहरु भत्काइदै छ ।

 

  • १३ भाद्र २०७९, सोमबार प्रकाशित

  • Nabintech