२७ जेष्ठ २०८२, सोमबार

अन्तत: मेयर पुर्ण रित्ताे हात फर्किए
  • न्युज मानसराेवर

कोहलपुर\अतिक्रमण गरिएका संरचना हटाउन खोज्दा कोहलपुरमा तनाव उत्पन्न भएको छ । कोहलपुरको न्यूरोड तथा बसपार्क क्षेत्रमा अतिक्रमण गरि बनाइएका संरचना तथा टहरा हटाउन नगर प्रमुख पूर्णप्रसाद आचार्य सहितको नेतृत्वमा टोली बिहानै देखि खटिएको थियो ।

कोहलपुरको न्यूरोडमा रहेका अतिक्रमित संरचना भत्काएर बसपार्क पुगेको जेसिबीमाथि स्थानीयले ढुङ्गा प्रहार गर्न थाले र अवराेधकर्ताकाे निरन्तर प्रहारपछि जेसिबी फिर्ता हुन्छ । स्थानीय बासिन्दा विरोधमा उत्रिए पछि स्थिती तनावपुर्ण बन्छ ।

यतिसम्म कि नगर प्रमुखलाई प्रहरीले घेरा हालेर सुरक्षा दिनुपरेकाे थियाे । अतिक्रमित संरचना हटाउने क्रमबाट सुरू भएकाे स्थानीयकाे अवरोध त्यतिवेलासम्म जारी हुन्छ जतिवेला तत्काल संरचना नहटाउने र सर्वपक्षिय र सर्वदलिय बैठक बसेर समस्या समाधानकाे लागि छलफल गर्ने निर्णय भएकाे खबर स्थानियले पाउँछन् ।

लगत्तै काेहलपुर नगरपालिकाे सभाहलमा सर्बपक्षिय र सर्वदलिय बैठकका लागि संघिय सांसद तथा पूर्व उप-सभामुख पुर्णा कुमारी सुवेदी, प्रमुख जिल्ला अधिकारी, नेपाली काँग्रेस बाँके सभापति नारायण प्रसाद गाैडेल, नेकपा एमाले काेहलपुर नगर कमिटी अध्यक्ष खिल प्रसाद भुषाल, नेकपामाओवादी केन्द्र काेहलपुर नगर कमिटि अध्यक्ष अवराज खड्का, एकीकृत समाजवादीकी नेतृ नारायणी वली, राप्रपा काेहलपुर नगर अध्यक्ष अर्जुन जंह शाह, राष्ट्रिय जनमाेर्चाका नेता भीम प्रसाद देवकाेटा लगाएत अन्य राजनीतिक दलका प्रतिनिधि, नगर विकास समिति काेहलपुरका पुर्व अध्यक्ष तथा पदाधिकारीहरू, जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कर्यालयका प्रतिनिधि, पत्रकार, सञ्चारकर्मीहरू लगाएतकाे उपस्थितीमा नगर प्रमुख, उप-प्रमुख र जनप्रतिनीहरू सहित वैठक शुरू हुन्छ ।

बैठकमा संघिय सांसद सुवेदी, एमाले नगर कमिटि अध्यक्ष भुषाल, माओवादी केन्द्र नगर कमिटी अध्यक्ष खड्का, एकीकृत समाजवादी नेतृ वलीले अतिक्रमित जमिनमा निर्माण भएका संरचना हटाउन सहयाेग गर्ने भन्दै फरक धारणा राख्दै व्यवसायीहरूकाे बिकल्प खाेजेर मानविय संवेदनालाई पनि मनन् गर्नुपर्नेमा जाेड दिन्छन् ।

अहिले सबै नागरिकहरू हरितालिका तीज र पञ्चमी ब्रतकाे तयारीमा जुटिरहेकाे र विशेष गरेर महिलावर्गकाे विशेष उल्लास सहितकाे चाड भएकाले घर टहरामा जेसिबी, डाेजर चलाएर महिला दिदीबहिनीकाे खुसी खाेस्न नहुने तर्क सबैभन्दा पेचिलाे बनेपछि वैठककाे अन्त्यमा नगर प्रमुख आचार्यले अवैध अतिक्रमित संरचना खाली गराउने सबै प्रयास असफल भएपछि कठाेर निर्णयमा पुग्न बाध्य भएकाे बताए ।

अब वैधानिकता अनुरूप अधि बढ्ने उद्घाेष गर्दै बसपार्क क्षेत्रमा लामाे समयदेखि संचालमा रहेका व्यवसायिक संरचनाहरूमा अवैध धन्दाहरू समेत संचालन हुने गरेकाले पनि संरचना हटाउन आवश्यक रहेकाे जिकिर गरे ।

उनले याैन तथा देहव्यापार, यात्रुहरूलाई ठग्ने, लुट्ने, जुवा ताँस खेल्ने र खेलाउने अखडा समेत रहेकाे भन्दै आक्रोश सहित सबै राजनीतिक दलहरूलाई विकास विराेधी र वैधानिकता विराेधी क्रियाकलापमा राजनीति नगर्न आग्रह  गरे ।

उनले अतिक्रमित संरचना हटाउने भएकाे निर्णय जसरी पनि कार्यान्वयन गराईछाड्ने बताए । बिहान उत्साहका साथ टाेली लिएर न्युराेड चाेकमा रहेकाे संरचनामा जेसिभी चलाउदा कुनै अवराेध नभएपछि बसपार्क क्षेत्रमा पनि बल प्रयाेग गरेरै भएपनि भाैतिक संरचना हटाउन पुगेका नगर प्रमुख बसपार्क क्षेत्रमा सफल हुन सकेनन् । प्रतिष्ठाकाे रूपमा लिईएकाे संरचना खाली गराउने विषयमा नगर प्रमुख सफल हुन नसकेपछि उनकाे कदम हटासपुर्ण, छलफल तथा समन्वयकाे कमी एवम् पद र शक्तिकाे असन्तुलन छरपष्ट देखिएकाे जस्ता चर्चा शुरू भएका छन् ।

  • १३ भाद्र २०७९, सोमबार प्रकाशित

  • Nabintech