२७ जेष्ठ २०८२, सोमबार

नगरका सबै अतिक्रमित भूमि नगरपालिकाले हटाउनु पर्छःएमाले नेता ढकाल
  • न्युज मानसराेवर

कोहलपुर । नेकपा एमालेका केन्द्रिय सदस्य सुर्य ढकालले कोहलपुर नगर विकासको अतिक्रमित भूमि  कोहलपुर नगरपालिकाले सबै हटाउनु पर्ने बताएका छन।  उनले नगरपालिकाले सबै अतिक्रमित भूमि हटाउछ भने नेकपा एमालेको पूर्ण सहयोग रहने बताएका हुन।  आज कोहलपुर नगरपालिकाले अव्यवस्थित तथा अतिक्रमित रुपमा व्यापार संचालन गर्दै आइरहेका टहरा  भत्काउने अभियान संचालन गर्दै गर्दा नेता ढकालले उक्त कुरा बताएका हुन।

यसै गरी नेता ढकालले कही कतै विचारकै आधारमा कसैलाई धरपकड गरे नगरपालिकालाई महगो पर्ने छ  उनले भने । कोहलपुर सुन्दर बन्नु पर्छ। बनाउनु पर्छ ।यसमा नेकपा एमालेको स्थानीय सरकारलाई पूर्ण सहयोग हुने छ । तर विचार र आस्था फरक भएकै आधारमा बल प्रयोग गर्न भने नहुने उनको तर्क रहेको छ ।

  • १३ भाद्र २०७९, सोमबार प्रकाशित

  • Nabintech