धनगढी\ नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिमका नेताहरू बुधबार नेकपा एमालेमा प्रवेश गरेका छन्। एमाले विभाजनपछि नेकपा (एस)मा सक्रिय प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री कुलवीर चौधरी, पूर्वअर्थमन्त्री तारा लामा तामाङ, समाजवादीका पूर्व प्रदेश अध्यक्ष बिक्रम शाही, समाजवादीका कञ्चनपुर जिल्ला उपाध्यक्ष अशोककुमार चन्द, कञ्चनपुर वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्दलगायतका नेताहरू एमालेमा प्रवेश गरेका हुन्।
कञ्चनपुरमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टी प्रवेश गराएका थिए।
एमालेमा प्रवेश गर्ने तयारी गरेपछि एकीकृत समाजवादीले चौधरीलाई राज्यमन्त्री पदबाट बर्खास्त गरेको थियो।