२७ जेष्ठ २०८२, सोमबार

सिक्टा सिंचाई आयोजनामा पुगे नरैनापुर गाउँपालिकाको समस्या लिएर नेताः ढकाल
  • रामकृष्ण छिनाल

बाँके\नेकपा एमालेका केन्द्रिय सदस्य सुर्य ढकालले सिक्टा सिंचाई आयोजनाका प्रमुख सन्तोष सिहलाई ध्यानआकर्षण  गराएका छन।

सिंचाई नहुदाँ नरैनापुर गाउँपालिकाका जनताले भोग्नु परेको समस्या बारे ढकालले आयोजना प्रमुखको ध्यानआकर्षण गराएका हुन।

सिक्टा सिचाई आयोजनाले छिटो र छरितो रुपमा आफ्नो लक्ष्य अनुरुप काम गर्नु पर्ने सुझाव समेत ढकालले दिएका छन।

नरैनापुरका जनताहरुले सिचाई नपाउदा भोग्नु परेको समस्या लिएर गएका एमाले नेता ढकाल लगाएतले सिक्टा सिंचाई प्रमुख सँग कामको प्रगति विवरणबारे जानकारी लिएका हुन ।

ढकालले न्यूजमानसरोबर सँग कुरा गर्दै बाँकेका किसानहरुले सिचाई नपाउँदा त्यस बाट हुने  असर बारे समेत जानकारी गराइएको बताए ।  उनले सिक्टा सिंचाई प्रमुख सिहले कामहरु संचालन भइरहेको र छिटै कार्यतालिका अनुसार काम सम्पन्न हुने जानकारी प्राप्त भयो ढकालले भने । भेटघाट गर्न एमाले नेता पशुपतिदय मिश्रा लगाएतको उपस्थिती रहको थियो ।

  • १५ भाद्र २०७९, बुधबार प्रकाशित

  • Nabintech