१५ मंसिर २०८१, शनिबार

नेपाली कांग्रेस (विपी) बाँकेको जिल्ला संयोजकमा सुर्य प्रसाद रेग्मी
  • न्युज मानसराेवर

बाँके । नेपाली कांग्रेस (विपी) बाँकेको जिल्ला संयोजकमा सुर्य प्रसाद रेग्मी मनोनयन भएका छन। लामो समय सम्म नेपाली कांग्रेस बाँकेको राजनिति गरेका रेग्मी नेपाली कांग्रेस परित्याग गरी नेपाली कांग्रेस (विपी) मा समाहित भएका हुन।

२०५४ साल बाट नेपाली कांग्रेसमा क्रियाशिल रहेका रेग्मीले नेपाली कांग्रेसमा आवद्ध नेताहरुले विपीको सिद्धान्त निष्ठा बेचेर आफ्नो र आफ्नो परिवारको पालन पोषणमा मात्र केन्द्रित रहेर राजनितिक गरेका कारण आफुले नेपाली कांग्रेस त्यागेको बताएका छन। देशमा चरम गरिबी अभाव र राष्ट्रियता लाई आत्मा साथ नगरेर बैदेशिक लम्पसारवाद नीति लिएका कारण आफुले नेपाली कांग्रेस त्याग्नु परेको रेग्मीको भनाइ  छ ।

बाँके क्षेत्र न ३ का क्षेत्रिय सदस्य समेत रहेका रेग्मी १४ औँ महाधिवेशनमा जिल्ला सदस्यमा पराजित भएका थिए । संयोजक रेग्मीले प्रदेश तथा संघिय निर्वाचनमा केन्द्रित रहेर संगठन निमार्णमा जिल्लामा संक्रिय रहेको समेत बताएका छन।

  • १६ भाद्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech