बाँके\नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले मूल्यवृद्धि गरेको हो । यससँगै डिजेल र मट्टितेलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
यस्तै पेट्रोल, हवाइ इन्धन र ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ । बढेको मूल्य बिहीबार मध्यरातिदेखि लागू हुनेछ ।