बर्दिया\सशस्त्र प्रहरी बल ३१ नम्बर गणले अवैधरुपमा काठ ओसार गर्न लाग्दा साल जातका गोलिया काठ बरामद गरेको छ । गुलरिया नगरपालिका–१ गाउँ नम्बर १६ स्थित भारतबाट अवैध रुपमा भित्राइएको साल बरामद गरेको हो ।करिब ३३ क्यूफिट अन्दाजी साढे ८१ हजार मूल्य बराबरको काठ बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढाले बताए । साइकलमा काठ लिई आउँदै गरेका तस्करका भरिया फरार भएको उनले बताए ।
बरामद काठ आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय बर्दियालाई बुझाएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
केही समययता भारतबाट अवैध रुपमा भित्राइएका काठ सशस्त्र प्रहरी बलले बरामद गरी वन कार्यालयलाई बुझाउँदै आएको छ ।