९ मंसिर २०८१, आईतवार

बाँकेमा विश्वविद्यालयका लागि जग्गा सिफारिस गर्ने निर्णय
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्राविधिक विश्वविद्यालयका लागि जग्गा उपलब्ध गराउन सिफारिस गरिएकोछ । बाँकेको खजुरामा निर्माण हुने लुम्बिनी प्राविधिक विश्वविद्यालका लागि आवश्यक पर्ने ९० बिघा जमिन उपलब्ध गराउन सिफारिस गरिएको हो ।

जिल्ला सिफारिस समितिको अध्यक्ष एवम बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीसहितले जग्गाका लागि सिफारिस गरेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले बताए । सिफारिस समितिले शुक्रबार विश्वविद्यालयका लागि आवश्यक जग्गा सिफारिसका लागि निणर्य गरेको हो ।

समितिले भदौ १३ गतेको रायसहितको पत्रसमेतको आधारमा खजुरा गाउँपालिकाबाट प्रदेश विश्वविद्यालय स्थापनाको लागि माग भएका उल्लेखित सरकारी जग्गाहरु सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ को अनुसुची १ बमोजिम उपयोगको लागि दिन अनुसुची १ दफा ४ को उपदफा (४) बमोजिम सम्बन्धित निकायमा सिफारिस गर्ने निणर्य गरेको छ ।

समितिले साविका रनियापुर गाविस वडा नम्बर ६ सि.नं. ०३५१००६ कि.नं. १ को क्षेत्रफल ३४८३५ वर्गमिटर र सोही गाविस वडा नम्बर ३ सि.नं. ०३५१०४६ कि.नं. १ को क्षेत्रफल ७४६८० वर्गमिटरका सरकारी जग्गा उपलब्ध गराई पाउँ भनि माग भएअनुसार उक्त जग्गा सिफारिसका लागि समितिले निणर्य गरेको समितिले जनाएको छ ।

साथै विश्वविद्यालय केन्द्रिय सम्पर्क कार्यालयको आईतबार उदघाटन गरिने भएको छ । भदौको १९ गते केन्द्रिय कार्यालयको उदघाटन लुम्बिनी प्रदेशका मुख्य मन्त्री एवम् कुलपति कुलप्रसाद केसीले गर्ने तयारी भएको खजुरा गाउँपालिका अध्यक्ष विकले जानकारी दिए ।

विश्वविद्यालयको कार्यालय नेपालगञ्जस्थित वन डिभिजन कार्यालय परिसरमा स्थापना गरिने योजना छ । कार्यालयको स्थापनापछि विश्वविद्यालय निर्माण कार्य अब तीव्र गतिमा अगाडि बढ्ने बताउँछन् ।

  • १८ भाद्र २०७९, शनिबार प्रकाशित

  • Nabintech