३० असार २०८२, सोमबार

डेंगी फैलिएपछि नेपालगञ्जमा लामखुट्टेका लार्भा नष्ट गरिँदै
  • न्युज मानसराेवर

बाँके\नेपालगञ्ज उप–महानगरपालिकामा डेंगी ज्वरोका विरामी भेटिएपछि लामखुट्टेका लार्भा र फुलहरु नष्ट गर्न शुरु गरिएको छ । सोमबार विहानदेखि स्वास्थ्यकर्मी, जनप्रतिनिधी, महिला स्वास्थ्य स्वयमसेविका र स्थानीय बासिन्दाहरु डेंगी सार्ने मुख्य माध्यम लामखुट्टेका लार्भा र फुलहरु नष्ट गर्ने अभियानमा निस्केका हुन् ।

बाँकेमा ११ जनामा डैंगी देखिएपनि लामो समयसम्म बाहिरी यात्रामा नरहेका गणेशपुरका एकजनामा डेंगी देखिएपछि सचेतनाका लागि कार्यक्रम सुरु गरिएको पालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिए ।बसपार्क क्षेत्रमा रहेका टायर, पानीका बोत्तलभित्र जमेको पानीमा डेंगी सार्न सक्ने लामखुट्टेका लार्भा प्रशस्त मात्रामा फेला परेका छन् ।

एडिस जातको लामखुट्टेको टोकाईबाट डेंगी सर्ने भएकाले लामखुट्टेको टोकाईबाट बच्नु सबैभन्दा प्रभावकारी हुने स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग सम्पर्क ब्यक्ति दुर्गा गौतमले जानकारी दिए ।एडिस लामखुट्टे सफा जमेको थोरै पानीमा बस्ने भएकाले पानी जम्ने टिन, प्लाष्टिकका डब्बा, र बोत्तल, गमला, फुलदानी, कुलर पानीको ट्याङ्की, टायर लगायतका स्थानमा जमेको पानीमा फुल पार्ने र लामखुट्टेको विकास हुने भएकाले पानी खाली गर्नुपर्ने नेपालगञ्ज उपमहानगरपालिकाका किटजन्य रोग सम्पर्क ब्यक्ति तेज वलीले बताए ।

वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले वडामा समुदायस्तरमा डेंगी देखिएपछि वडाभर सचेतना अभियान शुरु गरिएको जानकारी दिए । लामखुट्टे नष्ट पार्ने कार्यमा नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य वसन्तकुमार कनौजिया लगायतका जनप्रतिनिधीहरुको पनि सहभागिता थियो ।

  • २० भाद्र २०७९, सोमबार प्रकाशित

  • Nabintech