१९ आश्विन २०८१, शनिबार

आजदेखि कर्मचारी सरुवा र नियुक्ति रोक्न निर्वाचन आयोगको निर्देशन
  • न्युज मानसराेवर

बाँके\निर्वाचन आयोगले आजदेखि सरकारलाई कर्मचारी सरुवा, पदस्थापनादेखि राजनीतिक नियुक्तिसम्मका निर्णय राेक्न निर्देशन दिएकाे
छ । आगामी मंसिर ४ गते हुने प्रतिनिध र प्रदेश सभाको निर्वाचन प्रभावित नहोस् भन्नका लागि आयोगले भदौ २० गतेसम्मका लागि तोकेको समयसीमा सकिएको हो ।

सरकारलाई भदौ २० गते भित्र कर्मचारी सरुवा तथा नियुक्तिको निर्णय गरिसक्न भदौ २ गते नै निर्देशन दिइसकिएको र उक्त निर्देशन आजदेखि कार्यान्वयनमा गएको निर्वाचन आयोगका प्रवक्ता  शालिग्राम शर्माले  जानकारी दिए ।

उनका अनुसार नियमित बढुवा तथा पदस्थापनमा रोक लगाइने छैन ।

  • २० भाद्र २०७९, सोमबार प्रकाशित

  • Nabintech