बाँके\ नेपाल सामुदायिक पुस्तकालय संघको केन्द्रीय अध्यक्षमा सन्तोष रावल निर्वाचित भएका छन् । सौराहामा मंगलवार सम्पन्न १३औं बार्षिक साधारण सभा तथा चौथो अधिबेशनले रावलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष समेत रहेका रावल सर्वसम्मात अध्यक्षमा निर्वाचित भएका हुन । संघको बरिष्ठ उपाध्यक्षमा भरत खड्का, उपाध्यक्षमा प्रदेश १ बाट भीम कुमारी रावत , मधेश प्रदेशबाट भरत गिरी, बागमती प्रदेशबाट सुजता विष्ट, गण्डकी प्रदेशबाट लीला भण्डारी, लुम्बिनी प्रदेशबाट चेतकान्त भट्टराई, सुदुरपश्चिमबाट ज्ञानुराज विनाडी, महाचिवमा राजेन्द्रप्रसाद पाण्डे, सचिवमा बालकृष्ण थपलिया, कोषाध्यक्षमा सागर मिश्र चयन भएका छन् । सदस्यहरुमा लवहरी दाहाल, खड्गनारायण चौधरी, गंगा ढकाल, माधव भण्डारी, गोविन्द शर्मा, प्रतिक्षा चौधरी, पुष्पराज जोशी चयन भएका हुन । कार्यक्रममा महासचिव युवराज काफ्ले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा संघका संस्थापक अध्यक्ष बासु ढुंगाना,रिड नेपालका अध्यक्ष भोलाकुमार श्रेष्ठ,शिक्षा मन्त्रालयका उपसचिव यादवचन्द्र निरौला,संघका संस्थापक महासचिव भोलानाथ शर्मा,रिड नेपालका निर्देशक चिनकाजी श्रेष्ठ,देउखुरी सामुदायिक पुस्तकालयकी अध्यक्ष उवा पाठक,प्रगतिनगर सामुदायिक पुस्तकालयका अध्यक्ष खिमानन्द भूषाल, रत्ननगरका शिक्षा अधिकारी बद्रिनारायण शर्मा लगायतले मन्तव्य राखेका थिए । संघका निर्वतमान अध्यक्ष केशवराज आचार्यले पुस्तकालय मार्फत समाज रुपान्तरणको अभियान अगाडि बढेको बताए ।