८ बैशाख २०८२, सोमबार

प्रेस चौतारीबाट समानुपातिकका लागि बस्नेत र शर्मा सिफारिस
  • न्युज मानसराेवर

बाँके\प्रेस चौतारी नेपालले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको समानुपातिक सांसदतर्फ सङ्गठनका अध्यक्ष गणेश बस्नेत र सल्लाहकार निर्मला शर्मालाई उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।

चौतारीको सचिवालयको बैठकले उनीहरूलाई उम्मेदवारका रुपमा नेकपा (एमाले) लाई सिफारिस गरेको सो सङ्गठनका महासचिव हीरामान लामाले जानकारी दिए । एमालेले सबै जनसङ्गठन र मातहतका जिल्ला कमिटीलाई यही भदौ २२ गतेसम्म उम्मेदवार सिफारिस गर्न समय दिएको थियो ।

  • २२ भाद्र २०७९, बुधबार प्रकाशित

  • Nabintech