२९ जेष्ठ २०८२, बुधबार

बाँकेमा बढ्यो डेंगु संक्रमण
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा पछिल्लो समय डेंगुबाट संक्रमित हुनेको संख्या बढदै गएको छ। अहिलेसम्म जिल्लाका विभिन्‍न पालिकाकामा गरी ११ जनामा डेंगु संक्रमण फैलिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार ११ मध्ये आठ जना जिल्लाभित्रका छन्। बुधबारमात्रै डेंगुबाट नेपालगञ्जमा दुई जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाका पाँच, कोहलपुर नगरपालिकाका दुई र बैजनाथ गाउँपालिकाका एक जना छन्। अन्य तीन जना बुटवल र काठमाडौँ आवतजावत गर्दा संक्रमित भएका पाइएको छ।

यस्तै भेरी अस्पताल नेपालगञ्जमा पनि डेंगु र भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । अस्पतालका सूचना अधिकारी डा संकेतकुमार रिसालले डेंगु र भाइरल ज्वरोका बिरामी बढ्दै गएको उल्लेख गर्दै दमका रोगीसमेत बढेको बताए।

  • २४ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech