बर्दिया\बर्दियाको बढैयातालमा डेगुंरोग बाट दुई जना संक्रमित भएका छन् । बढैयाताल गाउँ पालिका वडा न. ८ का दुई जना पुरुष डेगुंरोग वाट संक्रमित भएका हुन् । स्वास्थ्य कार्यालय गुलरिया बर्दियाले आज बढैयातालको सितला बजारमा डेगुंरोग सम्बन्धि अभिमुखिकरण गर्दै लाम खुट्टेको बास स्थान खोजि गरी लार्भा नष्ट गर्ने अभियानको सञ्चालन गरेको छ ।
स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले कार्यक्रमको उद्देश्य माथि प्रकास पार्दै यो लाम खुट्टेको टोकाईवाट सर्ने एक प्रकारको किटजन्य सरुवा रोग भएको र यसको खोप पनि छैन औषधी पनि नभएको भताए । डेगुं रोग वाट संक्रमित भएको मानिस लाई टोकेर फेरी अर्को मानिस लाई टोक्दा सर्ने भन्दै यस वाट बच्नको लागि पानि जम्न नदिने , घर वरीपरि सरसफाई राख्ने , मच्छरधुप , किटजन्य बिषादी छर्ने र राती सुत्दा झुलको प्रयोग गर्दा सुरक्षित हुन सक्ने बताए ।
यसको रोक थाम र नियन्त्रण स्वास्थ्य कार्यालय वाट मात्र सम्भब नहुने भन्दै स्थानिय सरकार , शिक्षक , बिद्यार्थि , नागरिक समाज , उद्योगि ब्यापारी लागएतको साथ र सहयोग वाट मात्र हुने हुदा सचेतना अभियानलाई तिब्र पार्नु पर्नेमा जोड दिए ।
बढैयाताल गाउँ पालिकाका ८ न. वडाका अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षतामा तथा पालिका अध्यक्ष हिमालय त्रिपाटीको प्रमुख आथित्यमा भएको अभिमुखिरण र लाम खुट्टेको बासस्थानको खोज र लार्भा नष्ट गर्न सितला बजारमा ब्यानर सहित सचेतना अभियानको शुरुवात भएको जनाईएको छ ।
अभियानमा पालिका उप प्रमुख लक्ष्मी अधिकारी , वडा न. ८ का अन्य जन प्रतिनिधी , रेडक्रस उप शाखा बढैयातालकी उपाध्यक्ष पबित्रा अर्याल , बढैयाताल स्वास्थ्य शाखाका प्रमुख बिष्णु पौडेल , प्रहरी चौकी सितला बजारका ईन्चार्ज असई खिम बहादुर गांगी , महिला स्वास्थ्य स्वंय सेबिका , सितला बजार ब्यबस्थापन समितिका अध्यक्ष हरि दहाल लगाएत स्नानिय नागरिकको सहभागिता रहेको स्वास्थ्य चौकी कालिकाका प्रमुख राजु थापाले जानकारी दिए ।