बाँके\ बैजनाथ गाउँपालिकामा पशु सेवा शाखाको भवन निमार्ण कार्य शुरु हुने भएको छ । निवर्तमान स्थानीय सरकारले बहुवर्षिय योजना अनुसार पशु सेवा शाखाको भवन निमार्णको ठेक्का गरेतापनि काम भने निमार्ण कम्पनीले शुरु गरेको थिएन ।
शुक्रबार वर्तमान बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले पशु सेवा शाखाको भवन शिलन्यास गरेका छन।
शाहीले तोकिएको समयभित्र भवन निर्माण सम्पन्न गर्न निमार्ण कम्पनीलाई निर्देशन गरे ।
पशु सेवा शाखाको भनव निमार्ण गर्नाका लागि कूल ४८ लाख ४६ हजारमा ठेक्का स्वीकृत गरिएको बैजनाथ गाउँपालिका लेखा अधिकृत पूर्ण प्रसाद जैसीले जानकारी गराए ।
पशु सेवा शाखाको भनव निमार्ण गर्न कालिका गण्डकी निमार्ण सेवाले प्राप्त गरेको छ जैसीले भने । पशु सेवा शाखाको कार्यालय निमार्ण गर्नाका लागि ५ कठ्ठा जमिन उपलब्ध गराइएको बैजनाथ गाउँपालिका पशु सेवा कार्यालय प्रमुख खड्क बहादुर खड्काले जानकारी गराए ।