१५ मंसिर २०८१, शनिबार

राष्ट्रिय युवा संघ नेपालको बर्दियामा शक्ति प्रदर्शन
  • न्युज मानसराेवर

बर्दिया\राष्ट्रिय युवा संघ नेपाल बर्दिया राजापुर नगर कमिटीको आयोजना हिजो बृहत युवा भेला तथा मार्च पास राजापुरमा सम्पन्न भएको छ।
स्थानिय शान्ति सामुदायिक बनको मैदानमा सम्पन्न कार्यक्रमलाई राष्ट्रिय युवा संघ नेपाल बर्दियाका संस्थापक अध्यक्ष रहेका नेकपा एमालेका केन्द्रीय सदस्य तथा बर्दिया सह(ईन्चार्ज भिम केसिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा युवा संघका केन्दिय नेता देखि जिल्ला नेताहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै केसिले युवाको उपस्थितिले आफुगर्व महशुस गरेको बन्दै उहाले राजापुरबाट गठबन्धनका नेताहरु यो सन्देश छकि तपाईंहरु हिम्मत भए जनमत भए एमालेसित एक्लै एक्लै लड्न आह्वान गर्नु भयो। कार्यक्रममा माओवादि, कांगेस, राप्रपा छोडेर करिब ३०० जना नगरपालिका पुर्व प्रमुख तथा एमालेका प्रदेशकमिटि सदस्य शिव थारुले अबिर लगाई एमालेमा स्वागत गर्नु भएको थियो ।

साथै नेकपा एमाले राजापुर नगरकमिटिको संयोजनमा युवा संघले आयोजना गरेको उक्त कार्यक्रममा करिब २००० जनाको सहभागितामा राजापुर बजार परिक्रमा परिएको थियो । सहभागीहरुले युवालाई रोजगारि ग्यारेन्टी गर, बाढि पिडितलाई किसानलाई क्षेत्रिपुर्तिको व्यवस्था गर, छाडा पशु चपायाको नियन्त्रण गर, बढ्दो महंगि नियन्त्रण गर, भष्ट्रचारको अन्त्य गर आदि लेखेका प्लेकार्ड सहित नारा जुलुस सहित कोण सभा सम्पन्न भएको थियो।

कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक खेम शर्माले राजापुरमा युवाको यो उपस्थितिले अब नेकपा एमालेलाई कुनै शक्तिले पनि पछि पार्न नसक्ने तथा हिजो टाउकाको मूल्य तोक्नेहरु शीत गठबन्धन गरेर आफुलाई कम्युनिस्ट पार्टि भन्ने नक्कलि माओवादिका अध्यक्ष प्रचण्डले जनयुद्धको नाम जनतालाई बलिकोबोका बनाएको  बताएका थिए ।  राष्ट्रिय युवा संघ बर्दिया नगर कमिटी अध्यक्ष मंगल थारु सभाअध्यक्ष कार्यक्रम संचालन गरिएको थियो ।

  • २५ भाद्र २०७९, शनिबार प्रकाशित

  • Nabintech