बाँके\नेपाली कांग्रेस विपीका केन्द्रिय सभापति सुशिलमान शेरचनले लोकतन्त्रमा पार्टीका गलत कार्यको विरोध गर्दा कुनै अपराध नहुने बताएका छन। विचार सधै गतिशित हुने धारणा राख्दै शेरचनले नेपाली कांग्रेसमा चरम अवसरवाद र विचार विमुख तर्फ गतिशिल हुदै गइरहेको आरोप लगाए ।
उनले विपीका विचार र आर्दश हरुमा नेपाली कांग्रेस चुकेको र चरम विचलन देखा परेको समेत आरोप लगाएका छन। शेरचन गरिब र श्रमिकहरुको उचित व्यवस्था तथा उनीहरुको जीवन रुपान्तरणमा कुनै महत्वपूर्ण नीति तथा कार्यक्रम नेपाली कांग्रेसको नेतृत्वले दिन नसकेको बताउदै विपीका विचारहरुलाई चरम पुजीँवाद तर्फ लैजान देउवा नेतृत्व क्रियाशिल रहेको दावि गरे ।
विपी विचार गरिब र देशका हरेक क्षेत्र वर्ग र लिंगहरुको गतिशिल विकास चाहने भएको हुँदा नेपाली कांग्रेसमा पिडा भोग्न बाध्य रहेका सबैलाई विपी कांग्रेस पार्टी उहाँहरुलाई स्वागत गर्न आतुर रहेको बताए ।
त्यसै गरी नेपाली कांग्रेस केन्द्रिय उपसभापति कर्ण मल्लले नेपाली कांग्रेसमा ७ स्केलको भूपम्प आउने दावि गरे । चरम नातावाद विदेशी चहलपहलको मुख्य योजनाका शेर बहादुर देवा नेतृत्व रहेको बताए । उनले पार्टी भित्र गलत प्रवृत्ति र गलत निर्णयको विरुद्ध आवज उठाउनेहरु लाई शेर बहादुर नेतृत्वले गरिरहेको औल्याए । मल्लले पार्टीका गलत निर्णय विरुद्ध विपी कांग्रेस स्थापना गरी लाखौँ कांग्रेस प्रति माया र चिन्ता गर्नेहरुको पार्टी बनाउने अभियानमा जुटेको उल्लेख गरे।
उनले आउने निर्वाचमा विपी कांग्रेसलाई राष्ट्रिय पार्टीका रुपमा स्थापन गर्नाका लागि संघिय निर्वाचन तथा प्रदेश निर्वाचन सहित समानुपातिक नामावली पठाउन जिल्ला अगुवा भेलामा सहभागि नेतृत्वलाई आग्रह समेत गरे । कार्यक्रममा नेपाली कांग्रेस बाट लामो समय राजनितिक गरेको अधिकाश बाँकेका नेता तथा कार्यकर्ताहरु भेलामा सहभागिता जनाएका थिए ।