बाँके\नेपाली कांग्रेस बाँकेका पूर्व संगठन विभाग प्रमुख महेन्द्र मल्लले आसन्न मंसिर ४ गते हुने संघिय निर्वाचन नेपाली कांग्रेस विपी बाट उम्मेदवारी दिने संकेत गरेका छन।
जिल्ला अगुवा भेलालाई शुभकामना दिदै मल्लले पार्टी भित्र अन्यायका विरुद्ध लड्दा हजारौ कांग्रेस मर्कामा परेको बताए ।लोकतन्त्रमा पार्टीका गलत प्रवृत्तिको विरोध गर्न पाउँनु पर्छ, ‘तर यस्ता विरोध गर्ने लाई पार्टी बाट नै समाप्त पार्न खोजिन्छ।’नेता महेन्द्र मल्लले भने ।’
कांग्रेस भित्र चरम गुट र अवसरवाद नेताहरुका कारण सच्चा कांग्रेस सधै ओझेलमा पर्न बाध्य रहेका छन । मल्लले भेलामा भनेका छन।
विपी कांग्रेसको जिल्ला अगुवा भेलामा सहभागि जनाएका मल्लले विपी कांग्रेस केन्द्रिय सभापति र उप सभापति सँग विशेष छलफल गरेका छन। विपी कांग्रेस जिल्ला संयोजक सुर्य प्रसाद रेग्मीका अनुसार ‘ उहाँ ( महेन्द्र मल्ल)अगुवा नेता हो । अब उहाँ नै हाम्रो सम्भावित बाँके क्षेत्र न ३ को संघिय निर्वाचन उम्मेदवार बन्न सक्नु हुन्छ। रेग्मीले भनेका छन।
बाँकेका प्रभावशाली नेता मल्ल पूर्व बाँके जिल्ला संगठन विभाग प्रमुखको जिम्मेवारीमा समेत रहेर काम गरेका व्यक्ति हुन। पछिल्लो समय मल्ललाई पार्टीले साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको छ ।