बाँके\राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेकी छन्। मन्त्रिपरिषदको निर्णयअनुसार राष्ट्रपतिले प्रतिनिधिसभाको चालु अधिवेशन असोज १ गते राति १२ बजेदेखि अन्त्य गरेकी हुन्।
राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारीसहितको पत्र सभामुख अग्नि सापकोटाले शनिबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेर अधिवेशन अन्त्य भएकाे जानकारी गराए।
शनिबारको प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरूले सम्बोधन गरेका छन्। यसैबीच सभामुख सापकोटाले प्रतिनिधिसभाले पाँचवर्षभित्र गरेको प्रगति विववरण प्रस्तुत गरेका छन्।