२७ आश्विन २०८१, आईतवार

बाँकेमा एमालेको निर्वाचन लक्षित घरदैलो अभियान शुरु
  • न्युज मानसराेवर

बाँके। आसन मंसिर ४ गते संघिय तथा प्रदेश  निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले बाँकेमा घरदैलो अभियान तिब्र पारेको छ ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकाल लगाएत टोलिली बाँके क्षेत्र न १ को क्रोहलपुर नगरपालिका सबै वडाहरुमा घरदैलो  तथा भेटघाट अभियानलाई तिब बनाएका हुन।

नेता सुर्य ढकाल संघिय निर्वाचनका लागि बाँके क्षेत्र न १ बाट उम्मेदवारका रुपमा सिफारीस समेत भएका छन ।

ढकालले निर्वाचन लक्षित अभियान शुरु गरेको बताए । उनले उम्मेदवार जो सुकै भएतापनि यो अभियान बाँकेका ८१ वटै वडाहरुमा गरिने जानकारी गराएका छन। अभियन मुख्य रुपमा शिक्षक शिक्षिका उद्योगि ब्यापारी समाजसेवि संघ संस्थाका प्रतिनिधि लगाएत आम सर्वसाधारण तथा नेता कार्यकर्ताहरु सँग भेटघाट गरिएको बताइएको छ । बाँके क्षेत्र न १ को  कोहलपुर नगरपालिकाका  १५ वटा वडाहरु रहेका छन।

  • २ आश्विन २०७९, आईतवार प्रकाशित

  • Nabintech